नियम
बोलकबोल फाराम पेश गर्ने समय र तरिका

(१) ऋणपत्र खरिद गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नियम ३ बमोजिम प्रकाशित सूचनामा तोकिएको मिति र समयभित्र बोलकबोल फाराम भरी खामबन्दी गरी बैङ्क समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बोलकबोल फाराम पेश गर्ने व्यक्ति भए त्यस्तो व्यक्तिको नाम र ठेगाना उल्लेख गरी निजको दस्तखत सहित नागरिकताको प्रंमाणपत्रको प्रतिलिपि र फर्म, कम्पनी वा संस्था भए त्यस्तो फर्म, कम्पनी वा संस्थाको आधिकारिक व्यक्तिको नाम र ठेगाना उल्लेख गरी निजको दस्तखत सहित सो फाराममा सम्बन्धित फर्म, कम्पनी वा संस्थाको छाप लगाई त्यस्तो फर्म, कम्पनी वा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि फारामसाथ संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बोलकबोल फाराम प्राप्त भएपछि बैड्ढले बोलकबोलदाताको नाम, ठेगाना र बोलकबोलको संख्या स्पष्ट खुल्ने गरी आफ्नो रजिष्टरमा अभिलेख राख्नु पर्नेछ ।